ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार १४:५७:५५ मा प्रकाशित

काठमाडौं। राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

सिंहदरबारमा आयोजित एक समारोहका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराए ।

 १७ जेठमा लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका थिए । 

कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेलाई माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाले सघाएका थिए । पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै पाण्डेले संघीयतामा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top