होमपेज / राजनीति
काठमाडौं । कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ। सोमबारको बैठक प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि स्थगित भएको थियो। बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि प्रदेशसभा बैठक बस्न नसकेको हो।
प्रदेशसभाको बैठक सोमबार दिउसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका ब्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए। मंगलबार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भएको थियो तर वार्ता सकरात्मक नभएको बताइएको छ।