ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरे

नेपालगाथा २०७८ जेठ २५ गते मंगलबार १६:०७:०९ मा प्रकाशित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् ।प्रदेश सरकारले गलत नियतले पालिकाहरूमा सशर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध पारेका हुन् ।

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको बताए । उनले यो निर्णय नसच्याएसम्म बैठक अवरुद्ध रहने बताए ।

माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि स्थानीय तहमा पठाएको अनुदानको रकम प्रदेशसभा सदस्यहरूको सिफारिसमा खर्च हुनुपर्ने धारणा राखे । उनले मुख्यमन्त्री लालबाबु राउतले पटक-पटक आश्वासन दिएपनि त्यसो नगरेकाले बैठक चल्न नदिने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top