होमपेज / राजनीति
काठमाडौं सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइमा गम्भीर छलफल आवश्यक भएकाले अन्तरिम आदेशका लागि अर्को मिति तोकिएको हो । दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउन १५ दिनभित्र विपक्षीलाई झिकाउने आदेश भएको छ ।
न्यायाधीश खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अघि गम्भीर छलफल गर्न दुवै पक्षलाई ८ असारमा बोलाउने आदेश गरेको छ ।