होमपेज / राजनीति
सुदूरपश्चिम । सुसूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन। विश्वासको मत प्राप्त गरेलगत्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसको थप संस्थागत विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिएको थियो । उनलेले ३० मत पाएका छन।‘संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको छ र थप संस्थागत विकास गर्न यो विश्वासको मत प्राप्त भएको हो’ उनले भने । आगामी दिनमा समग्र विकास निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो ।