ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले पार्टी एकताको लागि गरेको आह्वान सकारात्मक छ : एमालेका युवा गैरे

नेपालगाथा २०७८ जेठ २४ गते सोमबार ११:५६:३८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वान सकारात्मक भएकाे बताएका छन् । एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुका पुर्व अध्यक्ष समेत रहेका गैरेले अध्यक्ष ओलीकाे प्रस्ताव नेकपा एमालेको एकता जोगाउन सकारात्मक सुरुवात भएको भन्दै त्यसलाई पुर्णता दिन थप छलफल सम्बाद गर्दै अगाडि बढन आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार सांझ पार्टी एकताका लागि ६ बुंदे प्रस्ताव सार्वजनिक गरेका थिए । युवा नेता गैरे पार्टीमा माधव नेपाल निकट मानिन्छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top