होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको रक्षार्थ ६ बुँदे प्रस्ताव अघि सारेका छन् । शुरुवाती दिनदेखि नै पार्टी एकताको पक्षमा आफु रहेको र पार्टी एकताको लागि आफु अन्तिम समयसम्म पनि लागिपर्ने बताउँदै प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै ओलीले पार्टीलाई जेष्ठ ३ गते अघि फर्काउन सकिने प्रस्ताव गर्दै पार्टी एकताको पक्षमा उभिन्न अनुरोध गरेका छन् । पार्टी सुदृद भई जे कार्य हुने पर्ने हो त्यो नभइरहेको र जे नहुनु पर्ने हो त्यो भइरहेको अवस्थामा पार्टीलाई सहयोग गरि एकढिक्का हुन आह्वान गर्दै ओलीले शशर्त जेष्ठ ३ अघि फर्कन सक्ने बताएका हुन् ।
केन्द्रिय कमिटी, स्थायी कमिटी, संगठनहरु सबै पूर्ववत जिम्मेवारीमा फर्कने प्रस्ताव गर्दै माधव समूहका निवर्तमान सांसदहरुले कांग्रेस सभापनि शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा पेश गरेको हस्ताक्षर फिर्ता गनुपर्ने प्रस्ताव पनि ओलीले पेश गरेका छन् ।
पार्टी एकताका लागि भुमिका खेल्ने सबै नेताहरुलाई धन्यवाद व्यक्त गर्दै ओलीले एकताको अन्तिम प्रयास स्वरुप प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा पार्टी जेष्ठ ३ अघि फर्कने, पार्टी मातहतका सबै कमिटी जेष्ठ ३ अघि नै फर्कने, निष्कर्षहरु कार्यन्वयन गर्न कार्यदलले कार्य गर्ने, हस्ताक्षर फिर्ता गर्नुपर्ने, हालसम्मको गल्ति र कमजोरीलाई लिएर कुनै पनि कार्वाही कसैलाई नगरिने र सबैले वैचारिक र भावनात्मक रुपमा पार्टी एकतालाई रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने प्रस्तावहरु प्रधानमन्त्री ओलीले पेश गरेका हुन् ।