ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी भदौ २४ मा अनिवार्य अवकासमा जांदै:प्रभुराम शर्मा बन्दै सेनाको ४४ औं प्रधानसेनापति

नेपालगाथा २०७८ जेठ २३ गते आइतबार १८:२०:१४ मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको बताएका छन् ।आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको बताएका हुन। 

प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी भदौ २४ मा अनिवार्य अवकासमा जांदैछन् ।प्रधानसेनापति थापाले अवको दुई महिना नेतृत्व हस्तान्तरणलाई कसरी प्रभावकारी बनाउनेमा केन्द्रित हुने बताए । थापाले प्रभुराम शर्मालाइ प्रधानसेनापतिमा सिफारीस गर्ने सम्भावना बढेको छ । आफुपछिको प्रधानसेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई बनाउने स्पष्ट संकेत  थापाले गरेका छन् ।

प्रधानसेनापतिले आफु बिदामा बस्नुअघि नै शर्माको नाम सेनापतिमा सिफारीस गर्ने तयारी गरेका छन् । तर,त्यो प्रक्रिया भने कहिले सुरु हुन्छ थापाले केही खुलाएका छैनन् । प्रधानसेनापति थापा आफ्नो कार्यकाल लम्बाउन दौडमा लागेको चर्चा चलेपनि उनले सार्वजनिक रुपमा नै नेतृत्व हस्तान्तरण समयमै गर्ने घोषणा गर्नुले त्यो आरोपलाई गलत सावित गरेका छन् । थापाले आफ्नो कार्यकाल सकिनुअघि नै शर्माको नाम सेनापतिमा सिफारीस गरेमा यो विषय सेनामा नौलो र पहिलो हुनेछ ।

 सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।शर्माले अहिले दोहोरो जिम्मेवारी सम्हालि रहेका छन् । उनले भारत र अमेरिकाबाट अधिकांश कोर्स गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top