होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नवनियुक्त २ जना मन्त्रीले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गाेविन्द प्रसाद कलाैनीले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई आज (आइतबार) पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएका हुन् ।
सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाकाे नाम सिफारिस गरेकाे थियाे । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएपछि २०७४ को निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदार गरेकाे हाे ।