होमपेज / राजनीति
काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् ।
यसअघि रिट निवेदक पक्षका वकिलहरुले इजलासमा परेका न्यायाधीशमाथि प्रश्न उठाएर पुनर्गगठन हुने गरेकोमा यसपटक सरकार पक्षका वकिलले सोही प्रश्न उठाएका छन् ।
यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशबारे विवाद हुँदा कार्की र भट्टराईले एउटै कुरा गरेकाले शंकास्पद भएको खरेलको दाबी छ । उनले भने, ‘दुवै जनाले एउटै कुरा लेख्नुभएको छ । दुवै कागजमा प्रधानन्यायाधीशको हस्ताक्षर छैन । त्यसो भए के हुन् ती कागज ? तिनको कानुनी हैसियत के हो श्रीमान् ? हाम्रो दीपक श्रीमान् र आनन्दमोहन श्रीमान्प्रति विश्वास हो । तर, श्रीमान् यहाँ तपाईंहरूले बोलेका कुराले प्रश्न उठ्यो । कार्की र भट्टराई श्रीमान्ले यो संरचना रही रहेसम्म हामी इजलासमा बस्दैनौँ भन्नुभयो, यस्तो भन्न हुन्थ्यो र ? प्रश्न नउठेका श्रीमान् आफैँ अगाडि सरेर यसो भन्न हुन्थ्यो र ? हरिकृष्ण कार्कीले लेखेको कुरामा प्रधानन्यायाधीशको हस्ताक्षर थियाे । अहिले के गाह्राे भयाे श्रीमान्लाई ?'
विवाद बढ्दै गएपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले दुई न्यायाधीश रहने हो भने आफूहरू इजलासमा नबस्ने बताए । ९ जना वरिष्ठ न्यायाधीशहरूको बैठक नै बसेर पत्रकार सम्मेलन गर्ने अवस्था समेत आएको थियो ।
१८ जेठमा राणाले कार्की, भट्टराई, श्रेष्ठ र केसीले लेखेको कुरामा हस्ताक्षर गरेका थिएनन् ।