होमपेज / राजनीति
काठमाडौँ । नेकपा एमाले माधव–झलनाथ समूहको स्थायी कमिटीको बैठक बस्ने भएको छ । केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रवार सकिएसँगै केन्द्रीय कमिटीमा उठेका विषयहरूलाई अन्तिम रूप दिनका लागि शनिवार बैठक बोलाइएका हो । बैठकले केपी ओलीसँग सम्झौताहीन सङ्घर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरूको धारणा मागिएको र यसलाई शनिवार स्थायी कमिटीले अन्तिम रूप दिने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।