ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ९९ प्रतिशत मतदान

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १५:३२:१८ मा प्रकाशित

दाङ ।  लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ९९ प्रतिशत मतदान भएको छ । बिहान ९ बजेदेखि शुरु भएको हो । ३ बजे सम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेश थापाले जानकारी दिए।

उपनिर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१७ जना गरी ३०० मतदाता थिए । जसमध्ये २९७ जनाले मात्रै मतदान गरेका छन् । 

मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुखले २१४ जनाले मतदान गरे । जसमा कोरोना संक्रमित २७ मतदाता थिए । मतदानमा स्थानीय तहका तीन मतदाता अनुपस्थित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top