ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेस नगरेको भन्दै ६ मन्त्रीलाई कारबाहीको सिफारिस

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १५:२७:०५ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेस नगरेको भन्दै ६ मन्त्रीलाई कारबाहीको सिफारिस गरेको छ ।

स्पष्टीकरण सोधिएको २४ घण्टाभित्र जवाफ नदिएका ३ जना मन्त्री र ३ राज्यमन्त्रीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले दुर्गाकुमारी कामीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

पार्टीको निर्णय विपरीत सरकारमा गएको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा शुक्रबार मात्रै नियुक्त भएका तीन जना मन्त्री र तीन राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गा कामीलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top