ट्रेण्डिङ

होमपेज / राजनीति

  निष्ठाकाे प्रश्न बारम्बार उठेपछि संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १५:०७:०८ मा प्रकाशित

 

काठमाडौं ।  निष्ठाकाे प्रश्न बारम्बार उठेपछि संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका छन् ।

कानुनविदहरुले प्रश्न उठाएका दुईजना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशहरुको बैठक बोलाएका हुन ।

बैठकमा प्रधानन्यायाधीशले प्रश्न उठेका दुईजना न्यायाधीशलाई आफैँ निर्णय गर्न भनेको तर उनीहरुले नबाहिरिने बताएपछि बाँकी रहेका दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले बाहिरिँदा राम्रो हुने सुझाव दिएको स्रोतले जानकारी दियो ।

सोमबार न्यायाधीश केसी र श्रेष्ठले रिट निवेदकहरूले प्रश्न उठाए पनि आफूहरूलाई यो मुद्दा हेर्न कुनै आपत्ति नभएको बेहोरासहितको निर्णय संवैधानिक इजलासका अरू तीन न्यायाधीशलाई पठाए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top