होमपेज / राजनीति
काठमाडौँ ।नेकपा (एमाले) को सुदूरपश्चिम संसदीय दलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षका प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग स्पष्टीकरण साेधेका हुन् ।
हरालाई सोधिएको स्पष्टीकरणमा संसदीय दलका नेता प्रकाशबहादुर शाहको हस्ताक्षर छ ।बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।
बोहोरालाई सोधिएको तीन बुँदे स्पष्टीकरणमा स्वयम् सहभागी संसदीय दलले गरेको निर्णयविरूद्ध किन अभिव्यक्ति दिइएको ? भनेर जवाफ माग गरिएको छ ।