होमपेज / राजनीति
काठमाडौँ । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाको निजि निवासमा विपक्षी गठबन्धन ४ दलको बैठक सुरु भएको छ । बुढानिलकण्ठस्थित देउवा निवासमा समसामयिक विषयमा छलफलको लागी बैठक बस्न लागेको हो ।
संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा चुनाव नै नगराउने नियतका साथ अघि बढिरहेकाले प्रधानमन्त्री ओलीकाविरुद्ध थप राजनीतिक कदम चाल्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सर्वोच्चको सम्भावित फैसला र त्यसपछिका कदमबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयत्न भइरहेको नेताहरूले बताएका छन् ।बैठकमा नेपाली काग्रेसको तर्फबाट सभापती शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।