होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सरकारले जनतामा कोरोना भाइरसको आतंक फैलाएर सत्तामा टिकिरहने कोसिस गरेको आरोप लगाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ओली आफ्नो सत्ता लम्ब्याउन जनता आतंकित हुने सूचना सार्वजनिक गराउन उद्यत भएको ठहर गरेको हो ।
उक्त बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भएको छ।
यस्तै आजको बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको छ। आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १४६ सांसदसहित सर्वोच्चमा रिट दिएका छन् ।