ट्रेण्डिङ

होमपेज / राजनीति

सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

नेपालगाथा २०७८ जेठ ११ गते मंगलबार ०९:०२:५१ मा प्रकाशित

काठमाडौँ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । यसअघि सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहेका थिए ।

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अध्यादेश मार्फत सीसीएमसीको पुनर्गठन गरेको छ। अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसी निर्देशक समिति रहनेछ। पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, गृह, सामान्य प्रशासन तथा सङ्घीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top