ट्रेण्डिङ

होमपेज / राजनीति

माधव कमरेडलाई विद्यार्थी नेता प्रेम खड्काकाे पत्र !

माधव कमरेड पार्टी एकताको पक्षमा लाग्नु भयो भने लाखौं कार्यकर्ता तपाइहरुलाई साथ दिन तयार छन्

नेपालगाथा २०७८ जेठ १० गते सोमबार २२:१५:३१ मा प्रकाशित

आदरणीय माधव कमरेड,

अभिवादन ।

माधव नेपाल तपाईलाई सीप मैनाली पथ प्यारो लाग्दैछ । पहिला सिपि मैनालीहरुलाइ लखेट्नु भएको तपाइले अहिले आफै तेहि बाटो पछ्याउदै हुनुहुन्छ। तपाइलाइ स्मरण नै छ होला पार्टी बिभाजन गर्दा सिपि मैनालिले ५०% हाराहारी लिएर पार्टी टुक्रा पारेका थिए तर त्यसको परिणाम आज मैनालिहरुलाइ गुगलबाट खोज्नु पर्ने अवस्था छ । माओवादीबाट छुट्टिएर गएका मोहन बैध, बाबुराम, बिप्लबहरुको अवस्था हेर्नुस् । आज कस्तो छ । काङ्ग्रेस भित्र शेर ब. छुट्टिएर जाँदा कुन हालतमा पुगेका थिए, जानकार नै हुनुहुन्छ ।

माओवादीमा पनि हेरौ, ठूलो समुह बैध्य, बाबुराम, बादल, बिप्लब बहुसंख्यक छुट्टिएर गएकै हुन् तर हालत के भयो । अस्तित्व नै समाप्त भयो । केही आशा गरिएका नेताहरु हुनुहुन्छ । सहि निर्णय गर्नुहोला । सन्किको भरमा, आग्रह पुर्वाग्रह राखी निर्णय गर्नुभयो भने इतिहासले सबक दिने नै छ । सौताको रिसले श्रीमानको ओछ्यानमा पिसाब फेरे जस्तो नगर्न अनुरोध गर्दछु ।यदि देखाइदिन्छु भनेर अगाडि बढ्नु भयो भने देखाइदिने होइन, आफै देख्नु हुनेछ । 

यसर्थ माधब नेपाल लगाएत कमरेडहरु तपाईंहरु यदि पार्टी बिभाजन गर्ने बाटोमा जानुभयो भने भुगोलमा भेटिने त तेस्तै हो गुगलमा सम्म भेटिनु हुन्छ होला । छुट्टीएर जानेहरु सिपि मैनाली जस्तै हुनेछन् । हिजो सिपि मैनालीले पनि ठूलो समूह लिएर गएका थिए तर निर्वाचनले वास्तविकता जनायो । हाल गुगलमा खोज्दा नि भेटाउन सकिदैन । माओवादीमा पनि हेरौ, ठूलो समुह बैध्य, बाबुराम, बादल, बिप्लब बहुसंख्यक छुट्टिएर गएकै हुन् तर हालत के भयो । अस्तित्व नै समाप्त भयो । केही आशा गरिएका नेताहरु हुनुहुन्छ । सहि निर्णय गर्नुहोला । सन्किको भरमा, आग्रह पुर्वाग्रह राखी निर्णय गर्नुभयो भने इतिहासले सबक दिने नै छ । सौताको रिसले श्रीमानको ओछ्यानमा पिसाब फेरे जस्तो नगर्न अनुरोध गर्दछु । यदि देखाइदिन्छु भनेर अगाडि बढ्नु भयो भने देखाइदिने होइन, आफै देख्नु हुनेछ । 

कस्ले कुन पद पायो, पाएन त्यो बिषय सामान्य कार्यकर्तालाई कुनै मतलब छैन । मात्र नेकपा एमाले र सुर्य चिन्हको मतलब छ । सामान्य कार्यकर्तालाई, पार्टी भित्र संघर्ष गरेर जो कोहि पनि नेतृत्वमा पुग्न सक्छ । हिजो तपाइले १५ बर्ष नेतृत्व गरेकै हो । आज केपि ओलिले गर्नु भएकोछ । लामो समय पार्टी भित्रै बसेर संघर्ष नगर्नु भएको भए केपि ओलि आज न त पार्टी अध्यक्ष बन्न सक्नु हुन्थ्यो न त प्रधानमन्त्री नै बन्न सक्नु हुन्थ्यो । पद अस्थायी बिषय हो पार्टी प्रमुख कुरा हो । यसर्थ एकताको अभियानमा लाग्नु भयो भने इतिहासले सम्मान गर्नेछ, अन्यथा सजाय दिनेछ । बाँकी तपाइकै मर्जी, रामराम भन्न सकिन्छ काँध हाल्न सकिदैन।

आम पार्टी कार्यकर्ता पार्टी एकताको पक्षमा छन् । पार्टी एकताको पक्षमा लाग्नु भयो भने लाखौं कार्यकर्ता तपाइहरुलाई साथ दिन तयार छन् । तपाइहरुलाई पद, शक्ति चाहिएको छ, तर कार्यकर्तालाई पार्टी ठूलो र प्रतिपक्षसङ्ग लड्न सक्ने मजबुत शक्ति चाहिएको छ। कस्ले कुन पद पायो, पाएन त्यो बिषय सामान्य कार्यकर्तालाई कुनै मतलब छैन । मात्र नेकपा एमाले र सुर्य चिन्हको मतलब छ । सामान्य कार्यकर्तालाई, पार्टी भित्र संघर्ष गरेर जो कोहि पनि नेतृत्वमा पुग्न सक्छ । हिजो तपाइले १५ बर्ष नेतृत्व गरेकै हो । आज केपि ओलिले गर्नु भएकोछ । लामो समय पार्टी भित्रै बसेर संघर्ष नगर्नु भएको भए केपि ओलि आज न त पार्टी अध्यक्ष बन्न सक्नुहुन्थ्यो न त प्रधानमन्त्री नै बन्न सक्नु हुन्थ्यो । पद अस्थायी बिषय हो पार्टी प्रमुख कुरा हो ।

यसर्थ एकताको अभियानमा लाग्नु भयो भने इतिहासले सम्मान गर्नेछ, अन्यथा सजाय दिनेछ । बाँकी तपाइकै मर्जी, रामराम भन्न सकिन्छ काँध हाल्न सकिदैन। नेकपा एमाले जिन्दावाद ! सुर्य चिन्ह जिन्दावाद !! जनताको बहुदलीय जनवाद जिन्दावाद !!!

 

उही तपाईकाे प्रिय कार्यकर्ता

प्रेम खड्का

अनेरास्वविवयु, केन्द्रीय कमिटी सचिवालय सदस्य

प्रतिक्रिया

सम्बन्धित खवर

Top