ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपाल र झलनाथ खनाल एमालेको साधारण सदस्यबाटै निष्कासित

विघटित संसदका अन्य ११ जना सांसद पनि निष्कासित

नेपालगाथा २०७८ जेठ १० गते सोमबार २१:३२:११ मा प्रकाशित

 काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले नेपाल र खनाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top