ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले बोलाए स्थायी कमिटी बैठक

नेपालसहित ११ जनालाई कारबाहीको तयारी

नेपालगाथा २०७८ जेठ १० गते सोमबार ११:४२:०७ मा प्रकाशित

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको हो । आजको बैठकमा आइतबार माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल तथा कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिए ।

नेकपा एमालेका २६ सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्नका लागि हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनमा रहेर आफ्नै सरकारविरुद्ध उभिएको भन्दै हस्ताक्षरकर्ता सांसदहरूलाई कारबाहीको तयारी गरेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top