ट्रेण्डिङ

होमपेज / राजनीति

नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च​​​​​​​ हो : बाबुराम भट्टराई

नेपालगाथा २०७८ जेठ ८ गते शनिबार ०८:३२:१३ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गरी नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । नेता भट्टराईले शनिवार ट्विटरमार्फत संसद विघटनको विषयमाथि टप्पणी गर्दै यस्तो बताएका हुन् । शुक्रबार सरकारको सिफारिसमा संसद् भंग गरेर राष्ट्रपति विद्या देवी भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि चुनावको मिति तोकेकी छन् ।

नेता भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताए । उनले ट्वीटरमा लेखेका छन्‘, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔँ, प्रतिवाद गरौँ !’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top