होमपेज / राजनीति
काठमाडौँ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका युवा नेताहरुले छाडेपछि उहाँ अहिले न टेक्ने, न समाउने हाँगा जस्तै बन्नु भएको छ । आफूले अति विश्वास गरेका नेताकै साथ नपाएपछि नेता माधवकुमार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको पछि लागेर राष्ट्रपति भवन शितल निवास पुग्नुभयो । एमालेका सांसदहरू कांग्रेसका सभापति देउवालाइ प्रधानन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न संसद सचिलयको लेखा समितिको हलमा डा भीम रावल, रामकुमारी झाँक्री झपट रावलसहित सात जनामात्र पुगेपछि नेपालले पुरानो हस्ताक्षर बोकेर देउवाका लागि दुरूपयोग गर्नुभएको हो ।
नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, नारायण खतिवडालगायतले नेपालको यो कदमको निन्दा गर्नुभएको छ । आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, नेता पाण्डेले भन्नुभयो, ‘मेरो हस्ताक्षरको चरम दुरूपयोग भयो, यससम्बन्धी जानकारी राष्ट्रपतिलाई गराइसकेको छु ।’ सिंहदरबारदेखि एमालेको नामममा एक्लो बन्नुभएको माधव नेपाल शीतल निवाससम्म पनि एक्लै हुनुहुन्छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शेरबहादुर देउवासहितका कांग्रेस नेतासँग कुरा हुँदा अन्य नेता एमाले भए पनि आफू अब एमाले हुन नसक्ने भन्दै चुनावअघि नै आफू कांग्रेस प्रवेश गर्न तयार रहेको जानकारी गराउनुभएको स्रोतले जनाएको छ । यसअघि देउवाले रूख चिन्हमा चुनाव लड्न गरेको प्रस्तावसमेत नेपाल र डा रावलले स्वीकार गर्नुभएको कुरा सार्वजनिक नै भैसकेको थियो । नेपालले आफू कांग्रेस नै प्रवेश गर्ने तयार भए पनि सांसदहरू उपस्थित नभए पनि संसदमा अनुपस्थित भएका २७ जनाको हस्ताक्षर प्रयोग गर्ने भनेर देउवालाई दिनुभएको थियो ।
त्यसको बिरोध गरेर नेता पाण्डे पार्टीको विवाद समाधान कार्यदलको बैठकमा सहभागी हुन जानुभएको थियो । माधव नेपाल जस्तो नेताले नै सांसदको हस्ताक्षर दुरूपयोग गराउन कस्सिएपछि अरूले के गर्लान भन्ने प्रश्न उठेको छ । सिंहदरबारमा भएको छलफलमा हस्ताक्षर गर्ने क्रममा एमालेका सात जनाभन्दा बढी सांसद उपस्थित भएका थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन शीतल निवास पुगेका माधव नेपाल । त्यस क्रममा सो समूहका अन्य नेता भने सहभागी भएका थिएनन् ।