होमपेज / राजनीति
पाेखरा । कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १ सय ४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दाबी गर्ने भएको छ । कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको थापाले बताए ।
हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र(बाबुराम समूहका १३ जना छन्। नयाँ सरकार बनाउन संसदमा कायम २ सय ७१ सांसदमध्ये १ सय ३६ जना चाहिन्छ। राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि नेताहरु शीतल निवास गएको थापाले बताए ।