ट्रेण्डिङ

होमपेज / राजनीति

बादललाई उछिन्दै खिमलालको अग्रता

स्थानीय मतगणना

नेपालगाथा २०७८ जेठ ६ गते बिहीबार १७:१५:०१ मा प्रकाशित

काठमाडाैं । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा स्थानीय तह तर्फको मतगणना सकिएको छ।  स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३३ जनाले मतदान गरेका थिए।  जसमा खिमलाल देवकोटाले १ सय २८, रामबहादुर थापा बादलले १ सय ३ र कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन्। स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ मतभार रहेको छ। 

अब प्रदेशसभा सदस्य तर्फको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो । प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top