ट्रेण्डिङ

होमपेज / राजनीति

सात गैर सांसद मन्त्रीको नियुक्ति सर्वोच्च अदालतबाट बदर

नेपालगाथा २०७८ जेठ ६ गते बिहीबार १५:४७:३५ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो । 

अधिवक्ता विराज थापा र कपिलदेव ढकालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, शहरी विकासमन्त्री प्रभु साह र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई पदमुक्त गर्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

अब उनीहरु प्रतिनिधिसभा वा राष्ट्रियसभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top