होमपेज / राजनीति
काठमाडौं। नेकपा माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न सरकारसँग माग गरेको छ ।
सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएकोलगायत विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । विपद्सम्बन्धी घटनाहरू हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भएपनि तिनलाई काम गर्न नदिई कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसीमार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेता वर्षमान पुनले बताए ।
माओवादी केन्द्रले सरकार एक्लैले कोभिड-१९ को रोकथाम तथा नियन्त्रण सम्भव नुहने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतका संलग्नतामा सर्वदलीय र सर्वपक्षीय समिति बनाउनुपर्ने पनि बताएको छ ।