होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगसँग माओवादी केन्द्रले माग गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।
मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमूक उमेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरूलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छु प्रचण्डको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गर्दछु ।
प्रचण्डले सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु स्वच्छ र निष्पक्ष निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको बताएका छन् ।