ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीबाट एमाले बनेका गैरसांसद ७ मन्त्रीको पुनःनियुक्ति बदरको माग गर्दै रिट

नेपालगाथा २०७८ जेठ ५ गते बुधबार १६:४६:३४ मा प्रकाशित

काठमाडौं ।  संघीय संसदको सदस्य नरहेको व्यक्ति ६ महिनासम्म एक पटक मात्रै मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था विपरित पुनः मन्त्री बनेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश नमागिएको भनेपछि आज फेरि रिट परेको छ ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यो विषयमा अन्तरिम आदेश माग नभएकाले हाललाई बोल्नुनपर्ने आदेश दिएको थियो ।

‘निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिंदा सो सम्बन्धमा विचार गरी रहनु परेन,’ हिजोको आदेशमा भनिएको छ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट,  प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ सांसद नरहे पनि ६ महिनाका लागि मन्त्री नियुक्त भएका हुन् । सांसदबिनै ६ महिनाभित्र सांसद बन्ने शर्तमा मन्त्री बन्न पाउने व्यवस्था संविधानमा छ । तर उनीहरु सबै पुनःनियुक्त भएकोले यो संवैधानिक व्याख्याको विषय बनेको छ । यो प्रावधान संसदको कार्यकालभरी एक पटकका लागि भए पनि त्यसको दुरुपयोग भएको भन्दै रिट परेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top