ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगकाे आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण

नेपालगाथा २०७८ जेठ ५ गते बुधबार १५:१५:२३ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको छ। तर, यस अवधिमा पनि उम्मेदवारका पक्षममा मतमाग्ने काम भएको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको हो ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको मौन अवधिलाई चुनौती दिँदै राष्ट्रियसभा सदस्यको निर्वाचनमा रामबहादुर थापा 'बादल'लाई भोट नहाले क्षम्य नहुने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top