ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी ओलीको शपथ अवैध भएको दाबी गर्दै परेको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

नेपालगाथा २०७८ जेठ ४ गते मंगलबार १५:१०:३६ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रपतिले भनेको महत्त्वपूर्ण वाक्यांश छुटाएर खाएको प्रधानमन्त्री केपी ओलीको शपथ अवैध भएको दाबी गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले यस्तो जवाफ माग गरेको हो ।

प्रधानमन्त्री ओलीले ३० वैशाखमा सपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ र ‘ईश्वर’ शब्द छुटाएका थिए । ‘प्रतिज्ञा गछु’ शब्द नभनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि दोहो¥याएर भन्न लगाउँदा प्रधानमन्त्रीले ‘त्यो चाहिँदैन’ भनको थिए । त्यसपछि राष्ट्रपति हिहि गर्दे हाँसेकी थिइन्, जसको संवैधानिक कानुनका विज्ञहरुले आपत्ति जनाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top