ट्रेण्डिङ

होमपेज / राजनीति

जसपाले पदमुक्त गरेका लुम्बिनीका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

नेपालगाथा २०७८ जेठ ३ गते सोमबार १९:१५:३६ मा प्रकाशित

 काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्बहालीको आदेश दिएको हो ।

आदेशमा भनिएको छ, 'निष्कासन गर्नुअघि सो दलको केन्द्रीय समितिले स्पष्टीकरण पेस गर्ने मौका प्रदान गरेको भन्ने निवेदन नदेखिएकाले संसदीय दलको सदस्यबाट निष्कासन गर्दा सम्बन्धित दलले अनिवार्य रुपमा सफाइको समुचित मौका दिनुपर्ने कार्यविधिको पालना नगरी प्राकृतिक न्यायको सिद्धान्तको उल्लंघन गरिएको देखिन आएको छ ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top