ट्रेण्डिङ

होमपेज / राजनीति

जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारलाई चेतावनी

नेपालगाथा २०७८ जेठ २ गते आइतबार १९:१७:५० मा प्रकाशित

काठमाडौं । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले आइतबार कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका लागि गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै सभापति देउवाले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारलाई चेतावनी समेत दिएका छन।

देउवाले सरकारको गैर जिम्मेवारीकै कारण कोभिडको महामारीबाट जनताले दुःख पाएको आरोप लगाएका हुन।‘अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर जनताको मृत्यु भइरहेको छ । सरकार नचाहिने काममा व्यस्त भएको छ । जनताको जीवनमाथि खेलबाड गर्न पाइदैन’, देउवाले भने ।

उनले कोरोना कहरका बीच बिरामीहरुको उपचारका लागि खटिने स्वास्थ्यकर्मी लगायत सबै फ्रन्टलाइनरहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top