होमपेज / राजनीति
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएकाले पुनः शपथ गराउन अन्तरिम आदेशको माग गर्दै रिट निवेदन पेश भएका हुन्।प्रधानमन्त्रीको सपथलाई दिएर सामाजिक संजालमा व्यापक आलोचनासमेत भएको थियो ।उता कानूनविदहरूले संविधानमा जे छ त्यही शब्दमा सपथ लिनुपर्ने बताउछन् । राष्ट्रपतिले हाँसेर र प्रधानमन्त्रीले पूरा वाक्यांश उच्चारण नगरेर संविधानको धज्जी उडाएको कानुनबिदहरु बताउछन् ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, सन्तोष भण्डारीलगायतले तीनवटा रिट निवेदन पेश गरेका हुन्। सबै प्रशासनिक काम सकिए पनि आइतबार समय अभावका कारण निवेदन दर्ता हुन नसकेको ज्ञवालीले जानकारी दिए।