ट्रेण्डिङ

होमपेज / राजनीति

संसद जिउँदै छ, अध्यादेशबाट बजेट ल्याउने आवश्यकता नै पर्दैन : प्रधानमन्त्री ओली

नेपालगाथा २०७८ जेठ २ गते आइतबार १६:५७:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छँदै अध्यादेशबाट बजेट नल्याइने प्रष्ट पारेका छन् । बजेटअघि नै संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने कतिपयको आशंकालाई चिर्दै ओलीले यस्तो बताएका हुन् । संसद जिवितै भएको भन्दै ओलीले अध्यादेशको आवश्यकता नपर्ने बताए ।

‘पार्लिआमेन्ट जिउँदै छ, त्यतातिर जाने आवश्यकता नै पर्दैन,’ सिंहदरबारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि पत्रकारसँग ओलीले भने । ओलीले अब एमाले एकजुट भइसकेको समेत प्रतिक्रिया दिए । ओली-नेपाल वार्तापछि एमाले भित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top