ट्रेण्डिङ

होमपेज / राजनीति

जेठ २ मा फर्किने सहमति कार्यान्वन गर्न एमालेमा बन्यो कार्यदल

नेपालगाथा २०७८ जेठ २ गते आइतबार १६:०३:३६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटमा विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको हो । 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको हो । नेताहरु सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदलको टुंगो लगाइएको हो ।उक्त कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । त्यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले जानकारी दिए ।

कार्यदल गठनको जानकारी दिादै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top