होमपेज / राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले भेट गरेको पुष्टि गरेका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीसँग आफूले भेटवार्ता गरेको पुष्टि गरेका हुन्। तर कहिले भेटेको भने अझै खुलाएका छैनन् ।
प्रधानमन्त्री पद माग्दै पटक–पटक बाबुरामले ओलीसँग राति राति भेट गरेको एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा दाबी गरेसँगै भट्टराईले आफू र प्रधानमन्त्री ओलीबिच भेटवार्ता भएको स्वीकारेका हुन्। यसअघि डा.भट्टराई र प्रधानमन्त्री ओलीबिचको भेटबारे सार्वजनिक जानकारी दिइएको थिएन।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले बोल्नुपर्ने भयो। महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेकै हो। मैले वर्तमान–पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिन्छ। सोचौँ।’
प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं! https://t.co/PPC5YhVfFc
— Baburam Bhattarai (@brb1954) May 16, 2021