ट्रेण्डिङ

होमपेज / राजनीति

साँझ ६ बजे प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १६:०५:४४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । आज साँझ ६ बजे सिंहदरबारमा ओली र नेपालबिच भेटवार्ता हुने तय गरिएकाे हो । वार्तामा ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् ।

आजको भेटमा ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top