ट्रेण्डिङ

होमपेज / राजनीति

सरकार गठनमा माधव नेपाल पक्षले धोका दिए भन्ने शब्द प्रयोग गर्न चाहन्न:प्रचण्ड

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १५:४४:४५ मा प्रकाशित

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेका माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताए । उहाँहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द प्रयोग गर्न हतार हुने अध्यक्ष प्रचण्डको भनाई थियो

शुक्रबार कोरोना भाइरसविरुद्धको खोप लगाउन  संघीय संसद भवन नयाँ वानेश्वरमा पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भने, ‘म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या पक्कै भए होलान् ।’

माधव नेपाल पक्षबाट सहयोग हुने विश्वासका साथ विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमतको सरकार गठनको लागि अगाडि सरेका थिए । सामूहिक राजीनामा दिने भनेर हिड्ेका नेपाल पक्षलाई ओलीले आफ्नो पक्षमा पारेपछि एमालेमा नाटकीय परिवर्तन हुँदा विपक्षी गठबन्धनको योजना भताभुङग हुन पुग्यो ।उनीहरु बहुमतको सरकारको लागि दावी गर्न नगएपछि राष्ट्रपतिले ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top