ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

नेपालगाथा २०७८ बैशाख ३० गते बिहीबार २०:५३:०९ मा प्रकाशित

काठमाडौं । एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहनुभएको छ । त्यस्तै, खनाल नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा चयन हुनु भएको छ ।

दुई सदस्यपछि भने पछि थप्ने सहमति भएको छ । आज चपली हाइटस्थित व्यवसायी तथा क्याप्टेन रामेश्वर थापाको घरमा भएको चार घण्टाको छलफलपछि कार्यदल गठन गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top