ट्रेण्डिङ

होमपेज / राजनीति

धर्मसंकटमा रहेका एमाले नेता माधव कानुन व्यवसायीहरुसँग परामर्शमा

नेपालगाथा २०७८ बैशाख ३० गते बिहीबार १२:४७:२४ मा प्रकाशित

काठमाडौं। पार्टीभित्र संघर्ष गर्ने कि नयाँ सरकार गठनका लागि सांसदहरुको राजीनामा गराउने भन्ने धर्मसंकटमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कानुन व्यवसायीहरुसँग परामर्शमा जुटेका छन् । पार्टीभित्रको अन्तर संघर्ष पेचिलो विन्दूमा आइपुगेका बेला कानुन व्यवसायीहरू नेता माधवकुमार नेपाल भेट्न आज कोटेश्वर पुगेका छन् ।

कानुन व्यवसायीहरू शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दी अहिले नेता नेपाल निवासमा रहेको र उनीहरूले राजीनामा नदिन सुझाएको एक नेताले जानकारी दिए । पार्टीभित्रै अन्तर संघर्ष गर्ने कि नयाँ सरकार गठनमा सहयोग गरेर अघि बढ्ने भन्ने ठूलो ‘धर्मसंकट’ मा यतिखेर नेता नेपाल रहेका छन् ।

यता आजै (बिहीबार) बसेको स्थायी कमिटी बैठकले नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ताको निर्णय गरेको छ । नेता नेपाल र रावललाई गत चैत १६ गते र भुसाल र पाण्डेलाई चैत १९ गते पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको थियो ।

आजै विष्णु पौडेलले नेता नेपाललाई भेटेर सहमतिमा आउन आग्रह गरेका छन् । नेता खनाल–नेपाल समूहले भने ओली सहमतिमा नआएको भन्दै राजीनामा पत्र तयार गरेर बसेको छ । प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि आह्वान भएको गठबन्धनको सरकार निर्माणको म्याद आज राति ९ बजे सकिँदै छ । राजनीति निर्णायक घडीतिर अघि बढ्दा एमालेभित्रको विवाद नयाँ मोडमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top