ट्रेण्डिङ

होमपेज / राजनीति

हिजो गल्ती भएको थियो, अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ : योगेश भट्टराई

नेपालगाथा २०७८ बैशाख ३० गते बिहीबार १२:३८:५१ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले माधवसहितका चार नेताको कारवाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् । भट्टाराईले ट्वीट गर्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top