होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता दल रावलले आफू माधवकुमार नेपाल गुटमा नरहेकाे खुलासा गर्नुभएकाे छ । एमाले पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएकोमा अच्चम मान्दै उहाँले एमालेको विकल्प एमालेभन्दा अरु हुन नसक्ने बताउनुभएको छ ।
उहाँले बुधबार सामाजिक सञ्जाल मार्फत एक अपिल गर्दै 'युगाखाने सम्भावना छाडेर थाल खानेमा नलाग्न' समेत अपिल गर्नुभएको छ । उहाँले अन्य नेताहरूलाइ पनि एमालेमा लामबद्ध हुन अपिल गर्नुभएको छ । माधव समूहले वैशाख २५ मा एउटा सर्कुलर पठाउँदै रावललाइ हुम्लाको अध्यक्षको रूपमा प्रचार गरेको थियो तर रावलले सिधै अस्वीर गर्नुभएको छ । उहाँले अफू गुटमा हैन एमालेमा लाग्ने बताउनुभएको छ । साथै उहाँले आफू नेकपा (एमाले) एकताबद्ब हाेस् भनि निरन्तर पहल र प्रयास गर्ने एक कार्यकर्ता भएकाे पनि बताउनुभएकाे छ । आफ्नाे सहमतिबिना प्रदेश तथा जिल्ला कमिटीमा राखेकाेमा आपत्ती प्रकट गर्दै पूर्व मन्त्री रावलले नेकपा (एमाले) का विरुद्बमा आफू कुनै पनि समानान्तर गतिविधि वा कमिटीमा नरही नेकपा (एमाले) मा नै रहेको जानकारी गराउनु भएकाे छ ।
वैशाख २५ गते माधव समूहले पठाएकाे सर्कुलरमा उहाँसँगै धेरै नेता तथा कार्यकर्ताकाे आफ्नाे मनाेभावनालाई नै नबुझेर विभिन्न जिम्मेवारी दिएकाेमा धेरै नेता तथा कार्यकर्ताले आपत्ती समेत जनाएका छन् ।