ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश सरकार गठनमा म तटस्थ छु: सांसद थापा

नेपालगाथा २०७८ बैशाख २९ गते बुधबार १६:०८:४९ मा प्रकाशित

पोखरा । राष्ट्रिय जनमोर्चा पार्टीको गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापाले प्रदेश सरकार गठनमा आफू तटस्थ रहेको बताएका छन् ।

राजमोले संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएर सोही अनुसारको दलीय समर्थनको दावी लिएर प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दल पुगेका छन् ।

थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैरसंवैधानिक र गैरकानुनी रूपमा कीर्ते गरी कारबाही गरेको भन्दै उनले दलको नेतामा अरूलाई दाबी पेस गर्न नदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top