ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकीमा कांग्रेस-माओवादी प्रयाश असफल

कांग्रेसलाई साथ दिन नसक्ने जनमोर्चा नेता थापाको घोषणा

नेपालगाथा २०७८ बैशाख २८ गते मंगलबार १६:४४:०८ मा प्रकाशित

कास्की । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँएको छ । कांग्रेस–माओवादीसहित चार दलले सरकार बनाउन नसकेपछि पुन गुरुङ नै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि प्रदेशमा चार दलको गठबन्धन सरकार बनाउने प्रयास असफल भएको हो । गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।

राजमोकी सचेतक पियारी थापाले हिजो पार्टीको ह्वीप जारी गरे पनि दलका नेता थापाले ह्वीपको अर्थ नभएको बताउनुभयो । उहाँले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top