ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत:उपेन्द्र यादव

नेपालगाथा २०७८ बैशाख २७ गते सोमबार १६:००:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यादवले विगतमा आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु प्रधानमन्त्रीको कमजोरी भएको बताए ।

जुन संसदमा तपाईको आफ्नै विश्वास छैन त्यो संसदले तपाईलाई किन विश्वासको मत दिने ?’, यादवले प्रश्न गरे । यादवले भने ‘हिजो मधेस आन्दोलनमा मधेसी जनता मारिँदा २-४ आँप झरेर केही हुँदैन भन्ने प्रधानमन्त्रीले अहिले त्यही आँप खुवाएर मधेसीलाई फकाउन खोज्नुभएको छ’।

प्रतिक्रिया

सम्बन्धित खवर

Top