होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् ।
‘प्रचण्ड’ ले देश फेरि दुस्चक्रमा फस्दै गएको दावी गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।‘मैले हिजो पनि प्रधानमन्त्रीजी इनफ इज इनफ भनेकै थिए,’ उनले भने, ‘आज पनि म फेरि आग्रह गर्छु, राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोल्नुस्।’
संविधानलाई नै कोरोना लागे जस्तो भएको उनको भनाइ छ ।उनले भने, ‘संविधानलाई नै कोरोना लागेजस्तो । सरकारका कारणले संविधानलाई आईसीयूमा राखेको अवस्थाबाट गुज्रिएका छौं ।’
उहाँले संवैधानिक अधिकारको प्रयोग गर्नु भएको छ त्यसलाई सम्मान गर्छु,’ उनले भने, ‘तपाई नेतृत्वको सरकार गठन भएदेखिका गतिविधि हेर्दा विश्वासको मत प्राप्त गर्ने कुनै स्थिति छैन । ’