होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी जसपा ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको प्रक्रियामा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो ।संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकले विश्वासको मतको विपक्ष वा तटस्थ बस्ने स्वतन्त्रता सांसदहरूलाई दिने निर्णय गरेको नेता अशोक राईले जानकारी दिए ।
आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।