होमपेज / राजनीति
रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलले विशेष अधिवेशनको लागि समावेदन गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेससहितका विपक्षी चार दलले विषेश अधिवेशन बोलाउन माग गर्दै आइतबार दिउँसो प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष समावेदन दिएका हुन् ।
विपक्षी गठबन्धनले पोखरेललाई गरिएको मुख्यमन्त्री पुनर्नियुक्ति प्रक्रियासम्वत नरहेको बताउँदै आएका छन् । उनीहरूले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् ।पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतमा पोखरेलले नयाँ सरकार गठन गरेका थिए ।