होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्दै उनीहरूले पार्टी पनि जोगाउनुपर्ने बाध्यता र प्रधानमन्त्री ओलीले आफूहरूका केही माग पूरा नगरेकाले विश्वासको मत दिन नसकिने जानकारी गराएका हुन् ।
आज विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग गरेका थिए ।सोही क्रममा उनीहरुले आफूहरुको माग पूरा नभएको कारण प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् ।